काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति पौडेललाई स्वागत गरेका हुन्। पौडेलसँगै उनकी श्रीमती सबिता पनि बालुवाटार पुगेकी हुन्।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले खादा ओढाएर स्वागत गरेका हुन्। बालुवाटार पुगेर उनीहरूले फोटोशेसन समेत गरेका छन्।
बिहीबार भएको निर्वाचनबाट पौडेल निर्वाचित भएका हुन्।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले कसैलाई मत नहाल्ने निर्णय गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पौडेललाई नै मत हाल्ने निर्णय गरेको थियो। यद्यपि यसबारे पार्टीले गोप्य नै राख्ने निर्णय गरेको थियो।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उनीसँग प्रतिस्पर्धा गरेका थिए।












प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…