ताजा अपडेट
राजनीति

रवि लामिछानेको विपक्षमा सर्वोच्चको फैसला, सबै पद गुमे (पूर्ण पाठ)

रवि लामिछानेको विपक्षमा सर्वोच्चको फैसला,  सबै पद गुमे (पूर्ण पाठ)
????????? ???????? ??? ?????????? ??? ???????? ?????? ????????????? ????? ????? ?????????? ? ??????? ???? ?????÷????

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनको विपक्षमा फैसला गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले नेपाली नागरिकता पुनःप्राप्ति नगरेको सर्वोच्चले ठहर गर्दै उनी सांसद हुन अयोग्य भएको फैसला गरेको छ । उम्मेदवारी दिँदा नागरिकता प्रमाणपत्र पनि समावेश गर्नुपर्नेमा उनको नागिरकताको प्रमाणपत्र नै नरहेकाले सर्वोच्चले उनको पद खारेज गरेको गरेको हो ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहितको संवैधानिक इजलासले शुक्रबार फैसला सुनाउँदै विदेशको नागरिकता त्यागे स्वतः नेपाली नागरिकताको प्रमाणपत्र सक्रिय नहुने बताएको छ ।

लामिछानेले सुरुमा नेपाली नागरिकताको प्रमाणपत्र लिए पनि अमेरिका जाँदा उताको नागरिकता लिएका थिए । त्यसपछि उनको नेपाली नागरिकता स्वतः खारेज भएको थियो । पछि नेपाल आउँदा उनले अमेरिकी नागरिकता त्यागेका थिए । तर, नेपाली नागरिकता पुनः लिएका थिएनन् ।

उनी चितवन २ बाट चुनाव लड्दा नागरिकता विवाद निर्वाचन आयोगमा पुगेको थियो । तर, आयोगले समयमै सो प्रकण किनारा नलाउँदा लामिछाने चितवन २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सांसदबारे निर्वाचन आयोगले निर्णय लिन नपाउने भएपछि सो प्रकण सर्वोच्च पुगेको थियो । उनले नेपाली नागरिकता नलिएको भन्दै उनी उम्मेदवार नै हुन नपाउने दाबीसहित सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्चले उनी सांसद हुन अयोग्य भनेपछि उनको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुम्ने भएको छ । यद्यपि सांसद नरहेको व्यक्ति पनि मन्त्री हुन सक्ने संविधानमा व्यवस्था छ । त्यसका लागि उनले मन्त्रीको फेरि शपथ लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…