Swornakshar Logo

बागमती प्रदेश : आज ३ बजे मन्त्रीहरुको सपथग्रहण, समाजवादी र हाम्रो नेपाली पार्टीलाई सरकारमा सामेल नगराउने

हेटौंडा । बागमती प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । आज ३ बजे नयाँ थपिएका मन्त्रीहरुको सपथग्रहण गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हिजो १५ मन्त्रालयबाट ११ वटा मात्र रहने मन्त्रिपरिषद्बाट निर्णय गरेलगतै नयाँ थपिने मन्त्रीहरुको नियुक्ती आज हुने र आजनै सपथग्रहण गराउने तयारी गरिको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारमा सत्तागठबन्धनले एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सरकारमा सामेल नगर्ने भएको छ । मन्त्रालयको सख्या घटाइएको र मुख्यमन्त्रीलाई समर्थन गरेर विस्वासको मत दिएको भएपनि सरकारमा सहभागी नगराउने तयारी गररेको छ। अब यस प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र सरकार बन्ने छ ।

मंगलबार साँझ ५ बजे बसेको मन्त्रिपरिषद् वैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगनाथ थपलियाका अनुसार मन्त्रिपरिषद्मा नेकपा (एस) र हाम्रो नेपाली पार्टीलाई सहभागी नगराइने भएको छ ।

नेकपा एसका ७ जना र हाम्रो नेपालीका २ सांसद छन् । हाम्रो नेपाली दलले सभामुख तथा उपसभामुख चयनमा समेत सत्तारुढ गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो । प्रदेशमा नेकपा एमालेले ४, माओवादीले ३ र राप्रपाले ४ वटा मन्त्रालय लिने सहमति भएको छ । आज ३ बजे नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथ तय गरिएको सरकारका प्रवक्ता थपलियाले बताए ।

मन्त्रिपरिषद्को वैठकले देशमा विद्यमान आर्थिक संकटलाई मध्यनजर गदै मन्त्रालयगतरुपमा हुँदै आएको खर्च कटौती गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलको समय सीमा १५ दिन तोकिएको छ ।