Bagmati Samachar Logo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्रीका रुपमा उनले पदभार ग्रहण गरेका छन् । हेटौंडा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले आज पदभार ग्रहण गरेका हुन् ।

यसैगरी एमालेका तर्फबाट मन्त्री बनेका जगन्नाथ थपलियाले पनि आजै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । यसैगरी राप्रपाका तर्फबाट मन्त्री बनेका बिना बिभागिय मन्त्री उद्धब थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गह्रण गरेका छन् ।

पदभार ग्रहण गरेलगतै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालयको सख्या घटाउन कार्यदल गठन गरेका छन् । मन्त्रालयको सख्या यस प्रदेशमा धेरै रहेको र घटाउनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गरे । प्रमुख सचिबको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गरेको छ ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने जानकारी दिए । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेस गर्ने र जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्‍याउने मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए । पाँच सदस्य कार्यदल बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको छ ।

कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् । बागमतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्‍याइएको थियो ।

जम्बो मन्त्रिपरिषद् बनाइएपछि पाण्डे नेतृत्वको गठबन्धन सरकारको व्यापक आलोचना भएको थियो । मन्त्रालय संख्या बढाउने तत्कालीन गठबन्धनको निर्णयमा वर्तमान मुख्यमन्त्री जम्मकट्टेलको समेत समर्थन थियो । उहाँले सरकारको नेतृत्व गरेपछि मन्त्रालय संख्या घटाउने तयारी रहेको हो ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए।