बागमतीका प्रदेश सभाका सदस्यले ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाबाट लिए शपथ
हेटौंडा । बागमती प्रदेश सभाका सदस्यहरुले आज बिहिबार पद तथा शपथ ग्रहरण गरेका छन् । यो प्रदेश सभामा १ सय ९ जना प्रदेश सदस्यहरु रहेका छन् ।
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुलाई बिहीबार प्रदेश सभामा शपथ गराएका हुन् ।
प्रदेश सभाका १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथ ग्रहण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

१ सय १० प्रदेशसभा सदस्य रहेको बागमतीमा बुधबार जेष्ठ सदस्य ढुङ्गानाले प्रदेश सभा प्रमुखबाट शपथ लिएका थिए । प्रदेश प्रमुख यादवचन्द्र शर्मा हुन् ।
४ मंसिरमा भएको आम निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: