Bagmati Samachar Logo

कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले इन्द्र बानियाँलाई पराजित गरेर दलको नेता भएका हुन् ।

लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत पाए ।

दलको नेतामा निर्वाचित लामा र पराजित भएका बानियाँ दुवै संस्थापन समूहकै हुन् । बानियाँलाई संस्थापनइतर समूहको पनि समर्थन थियो ।

दुई नेताबीच सहमतिको प्रयास असफल भएपछि मतदान गरिएको थियो । लामा कांग्रेस केन्द्रीय सदस्य हुन् भने बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् ।