Swornakshar Logo

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ।
बिहीबार दिउँसो आपसी सहकार्यबारे छलफल गर्न राउत बालुवाटार पुगेका थिए। भेटमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।

भेटघाटमा दुवै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गरेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।

प्रधानमन्त्री देउवाले सहकार्यको प्रस्ताव गर्नुभएपछि अध्यक्ष डा. राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जनालगायतका एजेन्डा उठाउनु भएको बताइएको छ ।

जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा. राउतले प्रतिक्रिया दिएको बताइएको छ।

पहिलो पटक चुनावमा गएका राउत सप्तरी १ बाट निर्वाचित भएर आएका छन्।