Swornakshar Logo

कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ विजयी

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई पराजित गरेका छन्।

बिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।

तामाङले २२५३५ मत प्राप्त गर्दा बिना मगर १७०५७ मत ल्याएर पराजित भइन् । यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो । सुदूरपश्चिमबाट एमालेको यो दोस्रो जित हो ।