Swornakshar Logo

रौतहट ३ बाट प्रभु साह निर्वाचित

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रभु साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओमप्रकाशलाई पछि पार्दै साह निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत ल्याएर निर्वाचित हुँदा ओमप्रकाशले २५ हजार २०० मत ल्याए । साहले एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्ता गठबन्धनले सहयोग गरेको थियो ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रले भाग पाएको थियो । माओवादीबाट रवीन्द्र पटेल उम्मेदवार थिए । तर, साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय गरेको थियो । उता पटेलको उम्मेदवारी भने कायमै थियो । पटेल भने ८ हजार ५५८ मतसहित तेस्रो भएका छन् ।