Swornakshar Logo

कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउद निर्वाचित

काठमाडौं । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट कांग्रेसका एनपी साउद निर्वाचित भएका छन् । एमालेका नरबहादुर धामीलाई ६ हजार ४ सय ५५ मतान्तरले पराजित गर्दै साउदले चुनाव जितेका हुन् ।

निर्वाचित साउदले २८ हजार १ सय मत पाए भने धामीले २१ हजार ६ सय ४५ मत ल्याएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा तेस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशीले ४ हजार ९ सय ३१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३ हजार ५ सय १० मत प्राप्त गरे ।