Swornakshar Logo

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे ।
एमालेकी गौरी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् ।

बिहिबार बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।