Swornakshar Logo

मकवानपुरमा एमालेका बर्तौला विजयी , खतिवडा हारे

काठमाडौं । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका छन् । एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत पाए ।
बर्तौलाले ४ हजार ५२० मतान्तरले विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडालाई पराजित गरेका हुन् । खतिवडा राजनीतिक रुपमा बर्तौलाको गुरु हुन् । बर्तौलाको राजनीति जीवन खतिवडा कै छत्र छायाँमा विकास भएको हो ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए ।