Swornakshar Logo

मकवानपुर १ क मा माओवादी केन्द्रका पुलामी निर्वाचित

काठमाडौं । मकवानपुर १ को (क)मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

पुलामीले १९ हजार ७ सय १९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका कमलबहादुर विष्टलाई ४ हजार १ सय ८६ मतान्तरले पराजित गरेका हुन् । विष्टले १५ हजार ४ सय ३३ मत पाए ।

पुलामीको यो जित लगातार तेस्रो पटक हो । उनले यसअघि २०६४ मा संविधानसभा निर्वाचन जितेका थिए । उनी २०७४ को निर्वाचनमा प्रदेशसभा १ को ुकु बाट निर्वाचित भएका थिए ।