सप्तरी( २ मा सीके राउत विजयी, जसपा अध्यक्ष उपेन्द्र यादव पराजित
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।
राउतसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव १८ हजार ६३ मतान्तरले पराजित बनेका छन्।
सोही क्षेत्रबाट पाँचदलीय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: