काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । प्रधानमन्त्रीका भाइ प्रेमबहादर देउवाको निधन भएकाले भाइ टिका लगाएनन् ।
भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।










प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…