रवि लामिछाने सभापति रहेको पार्टीको नाम स्वतन्त्र पार्टी

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टीको नाम स्वतन्त्र पार्टी घोषणा गरेका हुन् ।
उनले आफ्नो पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन् ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने अवधारणा राखेका उनले आफ्नो पार्टीमा परिवारवाद निषेध र युवा सहभागीता ५० रहने बताए । कार्यकर्ताविनाको पार्टी हुने भन्दै उनले पार्टीमा उम्मेदवार बन्न पहिले पार्टीभित्रबाट चुनिने व्यवस्था गरिने बताए । आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले राम्रो काम नगरेमा उनीहरुलाई फिर्ता बोलाइने पनि बताए ।
आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् । राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझबुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।
लामिछानेले चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् । पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उनले बताए ।
पार्टी घोषणा कार्यक्रममा कलाकारहरु प्रेमराजा महत, किरण केसी, राजाराम पौडेल लगायत पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्: