Bagmati Samachar Logo

नेपाली सेनाले भन्यो : पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक हो

काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि गरेको पत्राचार आधिकारीक भएको सेनाले बताएको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र श्रत्रीले अमेरिकालाई पठाएको पत्र आधिकारिक भएको बताएका छन् । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।

क्षत्रीले पठाएको पत्रको आधिकारिकतामाथि प्रश्न उठाइएका बेला प्रवक्ता सिल्वालले पत्र सही भएको बताएका हुन् । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा नभएको उनको भनाइ छ । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्‍ने कुरा अनावश्यक हल्ला भएको सिल्वालले बताए ।