Bagmati Samachar Logo

अण्डरवेयरमा लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अण्डरवेयरमा फल्स पकेट बनाएर ५१६.५ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।

कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको बताइएको छ ।

बिहीबार यात्रु चेकजाँच गर्ने क्रममा ती व्यक्तिको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको अण्डरवेयरमा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।

अण्डरवेयरमा विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६.५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको छ।