हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता
काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । जेठ १ गतेबाट सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय प्रभावकारी नभएपछि असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको श्रममन्त्री किसान श्रेष्ठले बताए।
यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: