स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु
काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोको जीप दुर्घटना भएको छ । शुक्रबार बिहानबाट सुरु भएको स्थानीय तहको निर्वाचनको लागि मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।
जीप वालिङ १४ सिख्रेबाट मतदाता लिएर अर्खलाबासिस्थित मतदान केन्द्रमा आउँदै गर्दा दुर्घटना भएको हो । मृतक र घाइते सबै एउटै गाउँका हुन् ।
जीप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले ११ जना थप उपचारका लागि पोखरा पठाइएको प्रारम्भिक सूचना आएपनि घटनास्थल पुगेको टोली आएपछि मात्रै पूरा विवरण आउने जनाएको छ ।
जीप बाटोबाट करिब १ सय ५० मिटर तल खसेको थियो । कच्ची बाटोमा क्षमताभन्दा धेरै जना चढेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्: