संसदमा एमाले सांसद भीम रावल बोलिरहदा उनकै दलको नाराबाजी
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद भीम रावल बोलीरहदा उनकै दल एमालेले नाराबाजी गरिरहेका थिए । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।
तर, एमाले सांसद भीम रावलले एमसीसी संसदमा पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए ।
एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्: