Bagmati Samachar Logo

सरकारले एकलौटी रुपमा एमसीसी टेबल गरे माओवादी सरकारबाट बाहिरीने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारले गठबन्धन भन्दा बाहिरबाट एमसीसी सदनमा टेबल गरे सरकारबाट बाहिरीने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने बताएका थिए । तर सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले सरकारले गठबन्धनमा सहमति नै नगरी एमसीसी टेबल गरेमा सरकारबाट बाहिरीने र विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
उनले भने,‘यदि एमसीसीका बारेमा पाँच दलीय गठबन्धनमा सहमति नै नगरेर सरकारले सदनमा टेबल गरे त्यसको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरीने छौ । गठबन्धनमा सहमति नै नभएर एमसीसी टेबल गर्नु भनेको गठबन्धन तोड्नु हो ।

बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ । साथै संसदमा एमालेको अवरोध जारी रहदासम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ गुरुङले जानकारी दिए।

बैठकपछि माओवादी प्रमुख सचेतक गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।