प्रधानन्यायाधीशमाथिको महाअभियोग निर्वाचन भाँड्ने षड्यन्त्रः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लग्ने र निर्वाचन भाड्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अनुचित र अनुत्तरदायी भएको र यसले मुलुकमा नोक्सानी हुने दावी गरेका छन् ।
ओलीको भनाइ उदृत गर्दै प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘राज्यका अंगहरूलाई कमजोर पार्ने षडयन्त्रबाहेक केही होइन । सत्ता गठबन्धन नै निर्वाचन भाँड्न र नयाँ नयाँ विवाद सिर्जना गर्न लागेको छ ।’
प्रतिक्रिया दिनुहोस्: