काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे एमालेले निर्णय लिन आग्रह गरेका छन् ।
विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’
ओलीले पहिले ओलीलाई सरकारबाट हटाएपछि पास गराउने भन्ने र अमेरिकलाई समय मागेकाले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ, ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’
माओवादीमा संशोधन विना एमसीसी पास गर्न नहुने मत बलियो छ भने एमालेले पहिला नै एमसीसी पास गर्नु पर्छ भन्नेमा छ । तर सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसी पास गर्ने निष्कर्षमा पुगिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…