मतदाता नामावली संकलन आजदेखि स्थगित, झण्डै दुई करोड मतदाता पुगे
काठमाडौं । बैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति तयभएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज मंगलबारबाट स्थगित गरेको छ ।
निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले बताएका छन् ।
हालसम्म देशभर १ करोड ९० लाख जति मतदाता नामावलीमा नाम समावेश भएको आयोगको प्रारम्भिक तथ्यांक रहेको बुझिएकोछ ।
आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो।
प्रतिक्रिया दिनुहोस्: