राष्ट्रियसभा निर्वाचनः राप्रपा ६ वटा प्रदेशमा सहभागी नहुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाको निर्वाचनमा ६ वटा प्रदेशमा सहभागी नहुने निर्णय गरेको छ । उसले ६ वटै प्रदेशमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । राप्रपाको यस्तो निर्णयबाट प्रदेश नं.१ मा मात्र निर्वाचनमा सहभागी हुने भएको छ ।
राप्रपाका केन्द्रीय पदधिकारीहरूको बैठकले प्रदेश १ मा पार्टीका अम्बरबहादुर विष्ट र रन्जु प्याकुरेललाई उम्मेदवार उठाएको छ । बैठकबाट दुबै जना उम्मेदवारलाई मत दिन पार्टीका मतदातालाई निर्देशन गरेको छ ।
अरु प्रदेशमा भने राप्रपाका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।
राप्रपाका बागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन् । त्यस्तै कर्णाली प्रदेशमा एक प्रदेशसभा सदस्य छन् । अन्य प्रदेशमा राप्रपाका मतदाता छैनन् ।
प्रतिक्रिया दिनुहोस्: