Bagmati Samachar Logo

एमाले जिल्ला अधिवेशनः ४१ जिल्लामा नयाँ नेतृत्व, १० बुँदे समूहका दुई जना

काठमाडौं । नेकपा एमालेको शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा अहिलेसम्म ४१ जिल्लामा नेतृत्व चयन भएको छ । जसमा दुई गैरभौगोलिक जिल्ला छन् । कहि सर्वसम्मत त कहि निर्वाचनबाट एमालेको जिल्ला नेतृत्व चयन भएको छ ।

इलाम, सोलुखुम्बु, सिन्धुली, बागलुङ,नवलपरासी र कपिलबस्तुमा भने निर्वाचनबाट नेतृत्व चयन भएको छ । अन्य ३४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत हुन नसकेका जिल्लाहरुमा अहिले पनि अधिवेशन जारी छ । अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भइरहेका छन् । कहि निर्वाचन भएपनि मत गणना जारी रहेको छ ।
दुई जिल्लामा शुक्रबार अधिवेशन उद्घाटन भएपनि बन्दसत्र हुन सकेको छैन । बन्दसत्र सुरु नभएका जिल्ला चितवन र सिन्धुपाल्चोक हुन् ।

एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा अध्यक्ष सर्वसम्मत भएपनि अन्यपदाधिकारीको लागि निर्वाचन भएको छ ।
एमाले विभाजन हुदा तत्कालीन एमाले नेता माधवकुमार नेपालसंग नलागेर एकताको लागि भन्दै १० बुँदे गरेपछि एमालेमा नै रहेका जिल्ला स्तरका नेताहरुमा अहिलेसम्म दुई जनामात्र जिल्ला अध्यक्ष बनेका छन् । एक जना सर्वसम्मत र एक जना निर्वाचनबाट अध्यक्ष बनेका छन् । जसमा भोजपुरका शरणकुमार राई सर्वसम्मतिले अध्यक्ष भएका छन् । उनी केही समय माधव नेपाल पक्षबाट समानान्तर कमिटीको अध्यक्ष थिए ।

चुनावी प्रक्रियाबाट बागलुङका हिराबहादुर केसी अध्यक्ष निर्वाचित भएका छन् । उनी पनि १० बुँदे पक्षधर हुन् ।

सर्वसम्मत र निर्वाचित अध्यक्षहरु
प्रदेश १
१. भोजपुरः शरण राई
२.पाँचथः राजकुमार भण्डारी
३. खोटाङः रामप्रसाद दंगाल
४. धनकुटाः इन्द्रमणि पराजुली
५. तेह्रथुम ः तेजमान कन्दङवा
६. झापाः दीपक कार्की
७. मोरङ ः ऋषिकेश पोखरेल
८. इलामः महेश बस्नेत
९.सोलुखुम्बुः डुफकुमार बास्तोला

प्रदेश २
१. सप्तरीः ताराकान्त चौधरी

बागमती

१. रामेछापः आनन्दकुमार श्रेष्ठ
२. सिन्धुली ः कुमारबहादुर कार्की
३.काभ्रेपलाञ्चोकः अशोक ब्यान्जु
४. रसुवाः कर्णेल तामाङ
५. धादिङः भूमी त्रिपाठी
६. नुवाकोटः बद्री मैनाली
७. मकवानपुरः एकलाल श्रेष्ठ
८. काठमाडौं ः दीपक निरौला
९. ललितपुरः पुरुषोतम आचार्य
१०.भक्तपुरः बचन देउजा

गण्डकी
१. गोरखाः प्रेम गुरुङ
२. तनहुँ ः श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी ः देवेन्द्र केसी
४. लमजुङ ः कृष्णप्रसाद अधिकारी
५. बागलुङः हिराबहादुर केसी

लुम्बिनी
१.पाल्पा ः धनेन्द्रराज घिमिरे
२.गुल्मी ः बालकृष्ण काउछा मगर
३. अर्घाखाची ः पिताम्बर भुसाल
४ं रुपन्देहीः तेजेन्द्र केसी
५.कपिलवस्तुः डम्मर शर्मा (निर्वाचित)
६.नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी (निर्वाचित)
७. दाङः हुकुमबहादुर बस्नेत
८.बाँकेः किस्मत कुमार कक्षपती
९.बर्दियाः लालबहादुर श्रेष्ठ

कर्णाली
१. डोल्पाः शेरबहादुर बुढा
२ सल्यानः गोविन्द पुन मगर
३. जुम्ला ः शान्तिलाल महत

सुदूरपश्चिम
१. डडेल्धुराः प्रकाश साउद
२. बैतडीः सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला
१.मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेषः उमेश ढकाल