राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज पुुस २६ गते सोमबारबाट आचारसंहिता लागू भएको छ । आगामी माघ १२ गतेदेखि हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।
पुस २६ गते (सोमबार) बाट लागू हुने आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र सबै राज्यका निकायहरूलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका सहसचिव कोमलप्रसाद धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताए।
निर्वाचन आयोगले आफ्नो कानुनी दायित्व निर्वाह गर्न पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्छ। यससँग सम्बन्धित संघसंस्थाका कर्मचारीहरूलाई विदेश भ्रमण जान भने आयोगको पूर्वसहमति लिनुपर्ने बताएको छ।
सम्बन्धित उम्मेदवारदेखि राजनीतिक दल, अन्य संघसंस्थाहरूलाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि आयोगले भनेको छ ।
सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधिहरूलाई असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाएको बताए।
प्रतिक्रिया दिनुहोस्: