Bagmati Samachar Logo

हेटौंडा उपमहानगरपालिकाको दशौं नगरसभा बैठक

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको दशौं नगरसभा बैठक आज हेटौंडामा सुरु भएको छ । नगरसभा बैठकमा बोल्दै मेयर हरि बहादुर महतले साढे चार वर्षको अवधिमा यस क्षेत्रमा धेरै खालका महच्वपूर्ण काम गरिएको बताएका छन् ।

सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद लगायतका क्षेत्रमा धेरै उदाहरण योग्य काम भएको मेयर महतले बताए । दशौ नगरसभा बैठकका अवधि सम्ममा जनप्रतिनिधि र कर्मचारीका कारण विकासका कामले फड्को मारेको उनले बताए ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा खर्च तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ हालको अवधि सम्म ९ करोड ७७ लाख ५४ हजार अर्थात ३४ दशमलब ११ प्रतिशत गरेको उपमेयर मिना कुमारी लामाले सभामा प्रस्तुत गरेकी छन् । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १ करोड २ लाख ८९ हजार अर्थात १२ दशमलब ८४ प्रतिशत, पूर्वाधार विकास क्षेत्र तर्फ २० करोड ८२ लाख ५३ हजार अर्थात १६ दशमलब ८८ प्रतिशत, सामाजिक विकास क्षेत्र तर्फ २७ करोड ५० लाख ९७ हजार अर्थात २५ दशमलब ७७ प्रतिशत र आर्थिक विकास क्षेत्र तर्फ १ करोड ४० लाख ४८ हजार अर्थात ९ दशमलब ८९ प्रतिशत समेत कुल ६० करोड ५४ लाख ४३ हजार रुपैयाँ खर्च भएको उनले बताइन ।

खर्चका शिसाबले हाल सम्म २१ दशमलब ५४ प्रतिशत रकम खर्च भैसकेको अवस्था छ। यस अवधिमा अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रमहरु सम्झौता भई कार्य सञ्चालनको क्रममा रहेको र खर्च भुक्तानी नभई सकेको हुँदा क्षेत्रगत खर्चमा कमी देखिएकोमा असार मसान्तसम्मको अवधिमा यसमा उल्लेखनीय प्रगति हुने अपेक्षा लिएको उनले बताइन ।

गत २०७८ आषाढमा सम्पन्न नगर सभाबाट आर्थिक वर्ष। २०७८–७९ का लागि कूल बजेट २ अर्ब ६० करोड १५ लाख ५२ हजार ९१० रुपैया बराबरको आय व्यय विवरण स्वीकृत भएकोमा गत बर्ष सम्झौता भई जिम्मेवारी सरेका योजना तथा कार्यक्रमहरुको भुक्तानीका लागि थप बजेट व्यवस्थापन सहित नेपाल सरकारबाट समायोजन तथा सरुवा भई आउने कर्मचारी र आन्तरिक व्यवस्थापनबाट करार भएका कर्मचारीहरुको तलब भत्ता लगायत सञ्चालन खर्च एवम् माग भई आएका अन्य अत्यावश्यक कार्यक्रमहरुको लागि आन्तरिक स्रोत व्यवस्थापन गरी संशोधित बजेट २ अर्ब ८५ करोड प्रस्ताव गरिएको छ ।

चालु आर्थिक बर्षको लागि नगर सभाबाट पारित नीति तथा कार्यक्रम र संशोधित बजेटले नगरवासीका जीवनस्तरमा गुणात्मक सुधार हुँदै जाने, नगरमा उपलब्ध स्रोत साधनको उच्चतम उपयोगबाट नगरवासीको आर्थिक उन्नतिमा टेवा पुग्ने र बञ्चितीमा परेका वर्ग, क्षेत्र तथा समुदायहरुको विकासमा मूलप्रवाहीकरण भई समावेशिताको प्रबद्धन मार्फत स्थानीय लोकतन्त्र सुदृढ हुने विश्वास लिएको उनले बताए ।

हेटौंडा उपमहानगरद्वारा सन्दुक रुइत सम्मानित

दशौं नगरसभा बैठकका अवसरमा आज डाक्टर सन्दुक रुइत देखि हेटौंडा बजार क्षेत्रका सफाइ कर्मचारी सम्मलाई सम्मान गरिएको छ । नगरसभा बैठकका अबसरमा आज दृष्टिविहीनहरुलाई दृष्टि प्रदान गर्ने, शल्यक्रियाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफलतासंगै आँखा उपचारको क्षेत्रमा प्रविधिको विकास गर्न सफल डान्दुक रुइतलाई सम्मान गरिएको छ । उहाँ आउन नपाएपछी नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ मार्फत डाक्टर रुइतको सम्मानपत्र पठाइएको छ ।
आजको कार्यक्रममा ललितकलाका माध्यमबाट आफ्नो विशिष्ट पहिचान बनाउन सफल हेटौंडा–१८ का मूर्तिकार लक्ष्मण भुजेललाई सम्मान गरिएको छ । यसैगरी अन्तराष्ट्रिय खेलजगतमा पहिचान बनाउन सफल हेटौंडाका खेलाडीहरु हेटौंडा–१० का अन्जन विष्ठ, हेटौंडा–१४ का सुनिल बल, हेटौंडा–१८ का आयुष घलानलाई सम्मान गरिएको छ ।

यस्तै राष्ट्रिय वक्सिङ खेलाडी पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरेलाई सम्मान गरिएको छ ।
यसैगरी हेटौंडा–७ मा आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र सञ्चालन गरी बौद्धिक अपाङ्गता संरक्षण र विकासका क्षेत्रमा काम गर्ने आइना वाका न्यौपानेलाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगद ३५ हजार रुपैयाँका दरले सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्लाह, प्रमाणपत्रसहित सम्मान गरिएको छ । उनीहरुलाई मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा र प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले सम्मान गरेका छन् ।

दुर्ई वडा थप अनुदानसहित पुरस्कृत

नगरसभा बैठकले वितेको आर्थिक वर्ष २०७७–७८ को वित्तिय प्रगतीको आधारमा प्रथम हुने हेटौंडा–१९ लाई थप खर्च गर्नेगरी २० लाख रुपैयाँ सहित सम्मान गरिएको छ । वडा अध्यक्ष नरनाथ सुवेदीलाई दोसल्लाह, प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको हो । त्यसैगरी हेटौंडा–९ को वडा कार्यलयलाई पनि १५ लाख रुपैयाँ थप अनुदान सहित सम्मान गरिएको छ । वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीलाई सम्मान गरिएको हो ।

छ जना कर्मचारीलाई ७५ हजारका दरले पुरस्कृत

दशौं नगरसभा बैठकले उपमहानगरपालिकामा कार्यरत कर्मचारी मध्यमा उत्कृष्ट कर्मचारी सम्मानबाट ६ जनालाई पुरस्कृत गरिएको छ । उपमहानगरपालिकाका अधिकृत आठौं तहका मनोज कुमार सुवेदी, सातौ तहका रामकृष्ण थापा, सुबोध थापा, अधिकृत छैठौं तहका महेन्द्र चापागाई, बरिष्ठ सहायक पाँचौ तहका केसबप्रसाद देवकोटा र हेल्थ असिस्टेन्ट मिना कुमारीलाई जनही नगद ७५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायीक समितिका मेलमिलापकर्ता संयोजक रामचन्द्र अर्याल, मेलमिलापकर्ता हटिया संयोजक सरस्वती पौडेललाई सम्मान गरिएको छ । उनीहरुलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा दिर्घ सेवा पदक कर्मचारी सम्मानबाट अधिकृत नबौं तहका भिम प्रसाद तिमल्सीना, आठौं तहका