Bagmati Samachar Logo

माओवादी महाधिवेशनः बन्दसत्रमा विवाद, स्थायी कमिटी बैठक बस्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्रगत बन्दसत्रमा विवाद भएको छ ।

प्रदेश नं. २का टोली नेता सत्यनारायण भगतले समूहमा भएको छलफलको रिपोर्टिङ बन्दसत्रमा राख्दै गर्दा नेता गिरिराजमणि पोखरेल लाई अपराधी भनेपछि विवाद उत्पन्न भएको छ । भगतले पोखरेललाई पार्टीले कारवाहि गर्नु पर्ने माग राखेका छन् ।

बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश नं.२ का टोली नेता सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने माग राखेपछि विवाद भएको एक प्रतिनिधिले बताए ।

भगतको मागप्रति असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको ती प्रतिनिधिले बताए । जब कि पोखरेल बन्दसत्रको अध्यक्षमण्डलका सदस्य हुन । तर उनी अहिलेसम्म बन्दसत्र हलमा नआएको बताइएको छ ।

विवादलाई समाधान गर्न कमलादीमै माओवादीको पूर्वस्थायी कमिटीको बैठक बसेर सकिएको नेता लेखनाथ न्यौपानेले बताए ।

आफ्नो समूहको रिपोर्टिङ राख्दा भगतले नारायणकाजी समेतको सहयोगमा गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाएका थिए । यो विषय पार्टीले छानबिन गरेर गिरिराजमणिलगायतलाई कारबाही गर्नुपर्ने धारणा बन्दसत्रमा राखेका थिए ।