माओवादी महाधिवेशनः अमेरिकालाई साम्राज्यवाद भने जस्तै भारतलाई विस्तारवाद
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बुधबारदेखि समूहगत रुपमा भएको छलफलको रिपोर्टिङ सुरु भएको छ । विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहमा भएका छलपलको निस्कर्षको रिपोर्टिङ गरिरहेका छन् । रिपोर्टिङका क्रममा प्रदेश नं. २ का टोलि नेता सत्यनारायण भगतले राजनीतिक प्रतिवेदनमा अमेरिकालाई साम्राज्यवाद भने जस्तै भारतलाई विस्तारवाद भन्नु पर्ने माग राखेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहमा भएको छलफलको निष्कर्ष राख्दै भगतले अमेरिकालाई ‘साम्राज्यवाद’ भनेझैं भारतलाई ‘विस्तारवाद’ भन्नुपर्ने माग उठेको सुनाए ।
उनले आफ्नो समूहको रिपोर्टिङ राख्दै भने ‘अमेरिकालाई साम्राज्यवाद भनेझैं भारतलाई विस्तारवाद भन्नु पर्छ । भारतको विस्तारवादी दृष्टिकोणमा परिवर्तन आएको छैन ।’
रिपोर्टिङका क्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानविन गरी अनियमिता गरि कमाएको देखिएमा सम्पत्ति जफत गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा समेट्न माग गरे ।
स्वच्छ छवि भएकालाई पार्टीको हरेक तहमा नेतृत्व विकासको अवसर दिनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्: