Bagmati Samachar Logo

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं राष्ट्रिय महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्य राम कार्कीले लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गरेका छन् । आठौं राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा कार्कीले लिखित रुपमा फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका हुन् ।

आफूले पेश गरेको फरक मत तलैसम्म बाँडेर छलफलमा लैजान पाउनुपर्ने प्रचण्डसँग अनुरोध गरेको माओवादी स्रोतले बतायो ।

कार्कीले आफ्नो फरक मत महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रतिवेदन बुझ्दै यसबारे पहिले आफूले अध्ययन गर्ने र त्यसपछि निर्णय लिने कार्कीलाई जवाफ दिएका छन् ।

कार्कीले आफ्नो लिखित प्रतिवेदनमा अन्तरर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा केही वैचारिक प्रश्नहरु उठाएका बताइएको छ ।