Bagmati Samachar Logo

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै छलफलका लागि समूह विभाजन गरिएको हो ।

जसमा प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क गुरुङले गरेका छन् । यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ । बागमती प्रदेशको टोली नेता सरल सहयात्री बनेका छन् ।

लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल छानिएका छन् । गण्डकी प्रदेशको समूह नेता गायत्री गुरुङ बनेकी छन् । कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्ट बनेका छन् ।

यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ ।

विभागको माया प्रसाद शर्मा टोली नेता बनेका छन् । यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, जबस मोर्चामा अमृता थापाटोली नेता तोकिएकी छन् ।

जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् ।