Bagmati Samachar Logo

राष्ट्रिय सम्मेलनमा पेश हुने प्रचण्डको दस्तावेज स्थायी कमिटी छलफल हुदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा पेश हुने दस्तावेज स्थायी कमिटीमा छलफल हुने भएको छ । माओवादी केन्दको राष्ट्रिय सम्मेलन यहि ११देखि १३ पुससम्म हुदै छ ।
माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न ९ गते पुस स्थायी कमिटी बैठक बोलाएको छ ।

प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताएका छन् । लामो समय लगाएर दस्तावेज लेखेका छन् । सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन भोली शुक्रबार स्थायी कमिटी बैठक बोलाएको एक स्थायी कमिटी सदस्यले बताए ।

सम्मेलनकाबारेमा र सम्मेलनमा पेश हुने प्रस्तावका बारेमा छलफल गर्न शुक्रबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको ती स्थायी कमिटी सदस्यले बताए ।