Bagmati Samachar Logo

बागमति गाउँपालिकाका ५० जना विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश

मकवानपुर । मकवानपुरको बागमति गाउँ पालिकाका पचास जना भन्दा बढी विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपालगायतका दलहरु परित्याग नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बुधबार बागमती गाउँपालिका– १ माझगाउँमा भएको एक कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तानले उनीहरुलाई पार्टी प्रवेश गराएकी हुन् । नेपाली काँग्रेसबाट माओवादी प्रवेश गर्नेमा चन्द्रबहादुर राई, विवश राई, राजिव राई, ज्ञानबहादुर राई, विजय राईलगायतका रहेका छन् । यसैगरी, नेकपा एमालेबाट लक्ष्मिकुमारी राई, नरबहादुर विक, टंकबहादुर विक, केशरीमाया सेन्चुरी, बोअीमोमाया लोप्चनलगायत रहेका छन् । यस्तै, राप्रपाबाट जुल्फेसन्तराम राई, चक्रबहादुर राई, सम्झना राई, सोमबहादुर राई, श्रीकुमार राईलगायत रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका वडा नम्बर – १ को वडा कमिटी कार्यालय मन्त्री मोक्तानले उद्घाटन गरेको छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, प्रदेश कमिटी सदस्य तथा हेटौंडा उपमहानगर कमिटी इन्चार्ज विवेक राई, वाइसीएल मकवानपुर इन्चार्ज राजकुमार मोक्तान, बागमती गाउँपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल, वाइसीएल बागमतीका अध्यक्ष मुक्ति लामा, बागमती गाउँपालिका कमिटी सदस्य यहुन्ना राई, ज्ञानबहादुर राई, सल्लाहकार प्रेमबहादुर राईलगायतको उपस्थिति थियो ।

कार्यक्रम माओवादी केन्द्र बागमती गाउँपालिका – १ का वडा कमिटी अध्यक्ष डोरबहादुर थापाको अध्यक्षतामा भएको हो ।