मेडिकल माफिया प्रसाई सहित एमालेका ४४ मनोनित केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । बुधबार नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
२५–२६ गते बसेको केन्द्रीय कमिटीबाट एमाले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयन गरेको थियो । जसमा ४४ जना नेता मनोनित भएका थिए । मनौनित केन्द्रीय सदस्यलाई बुधबार शपथ गराएको छ ।
विधानअनुसार ४४ जनामा २० खुला , १५ महिला र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।
मनोनित हुने अरुमा पुरुषतर्फ अखिलका पूर्व अध्यक्ष ऐन महर , मेडिकल संचालक दुर्गा प्रसाई पनि रहेका छन् । त्यस्तै दल फडेरा, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी छन् ।
महिलातर्फ आशा विक, शान्ति अधिकारी, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, , नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: