कर्णालीका मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शाहिले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । शाही कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् ।
उनले कर्णालीबाट नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न तयार रहेकोले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
उनको नाम कर्णालीको पार्टी सभापतिका लागि पनि चर्चामा थियो ।
प्रतिक्रिया दिनुहोस्: