ताजा अपडेट
राजनीति

एमाले महाधिवेशनः कसले कति मत पाए (सूचि सहित)

एमाले महाधिवेशनः कसले कति मत पाए (सूचि सहित)

काठमाडौं । एमालेको १०औं महाधिवेशनको मत परिणाम घोषणा भएको छ । मंगलबार भएको मतदानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनका प्रतिद्धन्दी भीम रावल पराजित भएका छन् । अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । रावलले २१३ मत प्राप्त गरेका पराजित भएका छन् ।

उपाध्यक्षहरु

१.अष्टलक्ष्मी शाक्य १९७६
२.युवराज ज्ञवाली १८४२
३.रामबहादुर थापा ‘बादल’ १७६८
४.विष्णु पौडेल १८५६
५. सुरेन्द्र पाण्डे १९२५
६.सुवास नेम्वाङ १८६५
७.घनश्याम भुसाल ७२५
भुसाल पराजित भएका छन् ।
शाक्यले सर्वाधिक भोट प्राप्त गरेको छ ।

एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्ताव गरेका ७ जना नेता विजयी भएका छन् । ओलीको सूचीमा नपरेका सचिव पदका उम्मेदवार भीम आचार्य र टंक कार्की पराजित भएकाछन् ।

सचिवहरुमा

१.गोकर्ण विष्ट १९७६
२.योगेश भट्टराई १९६४
३.छविलाल विश्वकर्मा १८००
४.रघुवीर महासेठ १५१३
५.पद्मा अर्याल १८००
६.टोपबहादुर रायमाझी १७००
७.लेखराज भट्ट १७०४
८.भीम आचार्य १३००
९.टंक कार्की ५००

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…