ताजा अपडेट
राजनीति

एमाले महाधिवेशनः मतदान सकियो,गणना केहि समयपछि

एमाले महाधिवेशनः मतदान सकियो,गणना केहि समयपछि
;f}/fxf,!# dlª;/M g]skf -Pdfn]_ dtbfg:yn ;f}/fxfdf ;f]daf/ x'g] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf] bzf}F /fli6«o dxflwj]zgsf nflu tof/L ul/Psf] dtbfg:yn . tl:a/Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदान केहि समय पहिला सम्पन्न भएको छ ।

मंगलबार बिहानदेखि सुरु भएको मतदान सकिएको छ । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भएको छ ।

नेतृत्व चयन सर्वसम्मत गर्ने भनेर तत्कालीन अध्यक्ष केपी ओलीले ३०१ जनाको सुचि पेश गरेका थिए । तर हलबाट उक्त सुचिका विरुद्ध केहि पदमा उम्मेदवारी परेपछि मंगलबार बिहानबाट मतदान सुरु भएको हो ।

सोमबार राति सुरु गर्ने भनिएको मतदान मंगलबार बिहानबाट मात्र सुरु भएको थियो ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मतदान भएको हो ।
एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । उपाध्यक्षका ६ पदका लागि सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धामा छन् ।

७ सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट , पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीबीच प्रतिस्पर्धा भएको
छ ।
मतपरिणाम आज दिउसोसम्म आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…