ताजा अपडेट
राजनीति

एमाले महाधिवेशनः मतदान ढिलो सुरु हुने

एमाले महाधिवेशनः मतदान ढिलो सुरु हुने
;f}/fxf,!# dlª;/M g]skf -Pdfn]_ dtbfg:yn ;f}/fxfdf ;f]daf/ x'g] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf] bzf}F /fli6«o dxflwj]zgsf nflu tof/L ul/Psf] dtbfg:yn . tl:a/Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा हुने मतदानमा ढिलाई हुने भएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदान पनि ढिला सुरु हुने बताइएको छ । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको जानकारी निर्वाचन समितिले बताएको छ ।

केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी रहेकाले अझै ढिला मतदान सुरु हुने जनाइएको छ ।

केन्द्रीय निर्वाचन समितिका पदाधिकारीका अनुसार राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…