महाधिवेशनमा ओली विरुद्ध रावल–भुसालको सैद्धान्तिक जित
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाविधेशनमा नेतृत्व चयनको लागि अन्त निर्वाचन हुने भएको छ ।
राष्ट्रिय महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी ओलीले जसरी नेतृत्व चयन गर्ने योजना बनाएका थिए त्यसमाथि तत्काली एमालेका उपाध्यक्ष भीम रावल र तत्कालीन उपमहासचिव घनश्याम भुसालले ब्रेक लगाइ दिएका छन् । १० गते नारायणी किनारामा उद्घाटन भएको महाधिवेशन ११ गते ओली र विदेशी पाहुनाको सम्बोधनमा सकियो । ११ गते नै नेतृत्व चयनको प्रक्रिया थालनी हुने बताइए पनि हुन सकेन । यसयको प्रमुख कारण थियो ओलीले आफू लगायत आफूले चाहेका मानिसहरुलाई सर्वसम्मत गर्ने चाहना थियो ।
ओलीले ११ र १२ गते दिनभरी आफू बसेको होटलमा एकएक्लै र समूहगत रुपमा छलफल गरे । तर उनी सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्न सफल हुन सकेनन् ।
राष्ट्रिय महाधिवेशनबाट आफैँ अध्यक्ष मण्डलको अध्यक्ष भएर आफैँलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गराउने ओलीको कसरतले अन्तः हार खाएको छ । त्यहि भएर पनि ओलीले यो महाधिवेशनबाट अध्यक्षमा जितेपनि विधि ,विधान र राजनीति रुपमा हार खाएका छन् ।
उनी चितवनबाट भक्तपुरको बालकोट फर्कदा प्राविधिक रुपले अध्यक्षमा जितेर फर्के पनि राजनीति भने उनको नारायणी किनारमा नै छुट्ने छ । उनले जनमतलाई बन्धक बनाएर अध्यक्ष चुनिन चाहेका थिए तर रावल र भुसालले त्यो जनमतलाई मैदानमा उतारेका छन् ।
दशौं महाधिवेशनले ओलीले जसरी आफूलाई निर्विकल्प सोचेका थिए त्यसमा रावले ब्रेक लगाइ दिए । संसारमा हरेक कुरा निर्विकल्प न थियो न हुने नै छ भन्ने पाठ ओलीले सिक्ने छन् ।
ओली आफू पदका पुग्नका लागि केसम्म गर्छन भन्ने कुरा पनि आम रुपमा प्रष्ट भएको छ । ओलीले आफू विरुद्ध वैचारीक रुपमा बहस गर्नेलाई अन्तिमा पनि छोड्दैनन भन्ने सन्देश पनि दिएका छन् । जसमा १० बुँदे सहमति गरेर एमालेमा नै बसेकाहरुमा पनि उनले जुन व्यवहार देखाए त्यसबाट उनको राजनीति छवि उचाइ तर्फ होइन आरोलो नै झरेको छ ।
ओलीभित्र रहेको वदलाको भावना कित सम्म छ भन्ने कुरा नारायणी किनारमा बगेको होइन तैरिरहेको छ । हो, ओलीको प्रशस्ति गाउँदै आत्मसमपर्ण गरेकाहरुले केहि पद पाए अथवा पुरानै पदमा दोहरीन पाए ।
रावल र भुसालले महाधिवेशनमा देखाएको आलोचनात्मक चेतले एमालेमा केहि भएपनि विधि विधानलाई लागु गर्नु पर्छ भन्ने तप्का बाँकि रहेको पुष्टि गर्छ ।
एमालेमा अब यी दुई पात्रहरु विधिका लागि लड्ने र आलोचनात्मक चेत भएका नेता कार्यकर्ताका लागि विम्ब भएका छन् ।
आत्मसमर्पण होइन विचारले लड्दा पनि जित हुन्छ भन्ने कुरालाई रावल र भुसालले स्थापित गरेर नै छोडेका छन् ।
राजनीतिमा विधि विधान र नैतिकता धेरै ठूला कुरा हुन । एमालेलाई देशको ठूलो पार्टी बनाउने भनिरहदा केपी ओली प्रवृतिले ती सबै कुराहरु किनारामा पर्छन् । ओली यस्तो राजनीतिक पात्र बनेका छन् जुन आफ्नो पदको लागि विधि विधान र नैतिकता लाई क्षणभरमा नै स्वाह गर्छन् ।
ओलीले अरुलाई होचो देखाएरु आफू उचो हुने जुन प्रयास गरेका थिए त्यो सबै फेल भएको छ । उचो हुने त अरुलाई संगसंगै लगेर हो नकि अरुलाई पिधमा नै छोडेर ।
जे होस यो महाधिवेशनबाट ओलीलाई राम्रो शिक्षा दिएका छन् रावल र भुसालले तर त्यो शिक्षा ग्रहण गर्ने नगर्ने ओलीको जिम्मा मै छ । संसारमा कुनै पनि कुरा निर्विकल्प हुदैन । हुने छैन् ।
महाधिवेशनमा मतमा रावलले हारेपनि सैद्धान्तिक रुपमा रावल र भुसालेले जितेका छन् । विचारमा जितेका छन् । जितेका छन् विधि र पद्धतिलाई ।
प्रतिक्रिया दिनुहोस्: