ताजा अपडेट
राजनीति

एमाले महाधिवेशनमा ओली विरुद्ध भीम रावलद्धारा उम्मेदवारी घोषणा

एमाले महाधिवेशनमा ओली विरुद्ध भीम रावलद्धारा उम्मेदवारी घोषणा
CPN-UML Vice-Chairman Bhim Rawal speaks with journalists in Kathmandu, on Monday, July 18, 2016. Photo: Reporters' Club Nepal

काठमाडौं । नेकपा एमालेको दशौ औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एमलेका उपाध्यक्षा रहेका रावलले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको अरोप लगाएका छन् । रावलले ओली १० बँुदे सहमति कार्यन्वयन गर्न इमान्दार नभएको र पार्टी एकता जोगाउन नसकेको भन्दै आगामी महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन् ।

एमाले पार्टी कार्यलय थापाथलीबाट उम्मेदवारी घोषणा गर्ने भने पनि महाधिवेशनको व्यस्तताका कारण पार्टी कार्यालय खाली नभएको महासचिवबाट जानकारी पाएकाले रिपोर्टस क्लबबाट उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।

आफूले राजनीतिक जीवनको आरम्भदेखिनै पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको रावलले बताएका छन् । उनले भने, ‘पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा ९एमाले० को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

एमालेको दशौ महाधिवेशनबाट नेतृत्व सर्वसम्मत तरीकाले छनौट गर्ने तयारी गरीरहेको समयमा रावले भने अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।

रावल १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । एमालेको यो महाधिवेशबाट अध्यक्ष सहित १५ जना पदाधिकारी र २२५ जना केन्द्रीय सदस्य चयन गर्ने छ । असोजमा एमालेले विधान महाधिवेशन गरीसकेको छ । अब हुने महाधिवेशनबाट नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…