पूर्व न्यायाधीश फोरमले भन्यो– न्यायपालिका जोगाउन जबराको राजीनामा
काठमाडाै । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई बर्खास्ती हुनुपर्ने बताएको छ । उनीहरूले जबरालाई महाभियोग लगाएर भएपछि हटाउनुपर्ने बताएका छन् ।
फोरमले आज एक विज्ञप्ती जारी गर्दै जबराले न्यायको विचलन गरेको र भ्रष्टाचार लुकाउन खोजेकाले उनको राजीनामा अनिवार्य भएको ठहर गरेको हो । ‘न्यायाधीशहरुको कावु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौं ।
जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भिरता हृदयांगम गरी शिघ्रातिशिघ्र वर्तमान प्रधानन्यायाधीशवाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं,’ पूर्व न्यायाधीश फोरमको विज्ञप्तीमा भनिएको छ,‘हरेक मुद्दाको सुनुवाइ स्वच्छ, निस्पक्ष, विश्वसनीय र शीघ्र हुन पर्दछ । स्वतन्त्रता, निस्पक्षता र स्वच्छताको प्रत्याभूतीका लागि न्यायाधीशहरूले प्रदर्शन गरेको एकता र दृढताको हामी सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्: