आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगो बनाएको भन्दै माओवादीद्धारा आपत्ति
काठमाडौं । विधान महाधिवेशनबाट नेकपा (एमाले)ले आफ्नो लोगो माओवादी केन्द्रको चुनाव चिन्हसंग मिल्दोजुल्दो बनाएको छ । एमालेले आफ्नो चुनाव चिन्हजस्तो मिल्दो जुल्दो लोगो बनाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
माओवादीले एमालेले आफ्नो चुनाव चिन्हसंग मिल्दोजुल्दो लोगो बनाएपछि त्यसविरुद्ध कानूनी उपचार खोज्नेसमेत बताएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले आफ्नो पार्टीको चुनाव चिन्हसंग मिल्दोजुल्दो भएकाले निर्वाचन आयोगमा गएर कानूनी उपचार खोज्ने बताएका छन् । माओवादीको चुनाव चिह्न गोलाकार भित्र हँसिया हथौडा हो । एमाले माओवादी एकता भएपछि सूर्य चिन्हमा गोलाकार भित्रको हसिँया हतौडा राख्न थालेका थिए । तर २३ फागुनमा सर्वोच्चले दुबै पार्टी ब्युताएपछि आआफ्ना पार्टी र चुनाव चिन्ह रहन्छन् । तर एमालेले भने विधान महाधिवेशनबाट नेकपा हुदाको लोगो प्रयोगमा ल्याउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: