ताजा अपडेट
अर्थ/वाणिज्य

सरकारद्धारा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट पेश

सरकारद्धारा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट पेश
CPN-Maoist Centre leader Janardan Sharma addressing at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS

काठमाडौं । सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरे। कुल बिजियोजित मध्ये संघले खर्च गर्ने चाुल तर्फ ४१ दशमलव ५२ प्रतिशत, पुजीतर्फ २३ दशमलव १६ प्रतिशत , बित्तिय व्यवस्था तर्फ ११ दशमलव ६० प्रतिशत र संघ तथा स्थानीय तहमा बित्तिय हस्तान्तरण तर्फ २३ दशमलव ७२ प्रतिशत रहने अर्थमन्त्री शर्माले बताए। अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु १० खर्व ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट रु ५९ अर्ब ९२ करोड रहेको छ ।

अर्थमन्त्री शर्माले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताए। त्यस्तै मुद्रास्फीति दर ६ दशमलव ५ प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ । त्यस्तै बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्दै बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री शर्माले बताए ।

मन्त्री शर्माले सरकारले कोभिड १९ विरुद्धको खोप सबै नेपालीलाई लगाउने व्यवस्था गर्ने गरी बजेटको सुनिश्चितता गरेको बताए। उनले कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताए ।

अर्थमन्त्री शर्माले विपन्न नागरिकलाई काठमाडौंका १० स्थानबाट खाना खुवाउने घोषणा गनुभयो भने राजनीतिक आन्दोलनमा बलिदान गर्नेलाई मासिक तीन हजारका दरले भत्ता दिने पनि बताए । उनले बिकास र तीव्रतर आर्थिक बिकासलाई प्राथमिकतामा राखेको बताए । उनले कर सुधारका लागि आयोग गठन गर्ने, व्यापार घाटा न्युनिकरण गर्न तीन महिनाभित्र योजना तय गर्ने जानकारी दिए ।

अर्थमन्त्री शर्माले विनाधितोको व्याज अनुदानको समहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्दै युवाहरूलाई सिप तथा उद्यमशीलता तालिममा प्राथमिकता दिएर वाणिज्य बैंकका शाखालाई प्रत्येक पालिकामा कम्तिमा ५ सय बेरोजगार युवालाई सहुलियत कर्जा दिएर स्वारोजगार बनाउने जानकारी दिए ।

मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको जानकारी दिए। यसअघि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…