Bagmati Samachar Logo

केन्द्रीय कमिटी अद्यावधिक गराउन एमालेले २६० जनाको विवरण निर्वाचन आयोग पठायो

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार दिउँसो निर्वाचन आयोग गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको बताइएको छ ।

माओवादी केन्द्रसंग एकता हुनु भन्दा पहिला अथवा २०७५ जेठ २ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी थियो । अहिले २६० केन्द्रीय कमिटी सदस्य रहने गरी पार्टीको निर्णय पठाइएको एक नेताले बताए ।

एमाले माओवादी केन्द्र एकता हुदा एमालेले २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो। सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ ।