माधव नेपालको घोषणाः पार्टीलाई क्रान्तिकारी पुनर्गठन गर्छौ
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने बताएका छन् । आफ्नो पक्षका जनवर्गीय संगठनको कार्यक्रमलाई भर्चुअल बैठकलाई सम्बोधन गदै उक्त कुरा बताएका हुन । उनले भने ‘केपी ओलीका कारण एकता सम्भावना सकिएको छ । केपी ओलीले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको छ । अब नयाँ पार्टी बनाएर अगाडि बढ्नुको विकल्प छैन ।’
नयाँ पार्टी बनाएपनि अन्य पार्टीसंग अहिले नै एकता नगर्ने बताएका छन् । उनले पार्टीलाई पुनर्गठन गरेर क्रान्तिकारी बनाउने उद्घोष गरेका छन् । उनले ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिने बताएका छन् ।
तत्काल एमाले विभाजन भएपनि एकताको ढोका खुल्ला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए ।
प्रतिक्रिया दिनुहोस्: