युवा संघका उपाध्यक्ष माओवादीमा प्रवेश
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुख योगेश साउद माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उपाध्यक्ष सहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना युवा संघका केन्द्री सदस्य माओवादीमा प्रवेश गरेका हुन ।
बुधबार उपाध्यक्ष साउदलगायतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा लगाइ दिएर पार्टी प्रवेश गरेकाएका छन् ।
साउदले आफूसंगै २६ जना केन्द्रीय सदस्य माओवादीका प्रवेश गरेको बताएका छन् ।
उपाध्यक्ष योगेश २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेको युवासंघको उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।
एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएको र गौरवशाली इतिहासलाई धोका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताए ।
प्रतिक्रिया दिनुहोस्: