लुम्बिनी प्रदेश प्रमुखद्धारा बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान
काठमाडौं । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टा भित्र बहुमत सहित नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
बिहीबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २८ गते दिउँसो ३ बजेसम्म बहुमतको सरकार बनाउन दावी पेश गर्न समय तोकेका छन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत सहित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न बिहीबार ३ बजेसम्मको समय तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: