ताजा अपडेट
राजनीति

अतिविवादीत भट्टराईले रेल्व कम्पनीबाट दिए राजीनामा

अतिविवादीत भट्टराईले रेल्व कम्पनीबाट दिए राजीनामा

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले अन्तः पदबाट राजीनामा दिएका छन् ।

केही दिनअघि सरकारले आचरण विपरित काम गरेको भन्दै भट्टराईलाई स्पष्टिकरण सोधेको थियो । भट्टराईले स्पष्टीकरण दिनुको सट्टा गठबन्धका प्रमुख सुत्रधार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफुलाई हटाउनको लागि स्पष्टीकरण सोधेको भन्दै समाजिक सञ्जालमा लेखेका थिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधवकुमार नेपालको भिषण दबाब रहे छ । …म लाखौको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको हो ।’

सरकारले नियुक्ति गरेको सार्वजनिक पदमा बसेर पनि भट्टराई एमाले अध्यक्ष केपी ओलीको गुणगान गाउदै अन्य नेताहरुलाई मनलाग्दी भन्दै आएका थिए ।
उनले अन्त आज बुधबार राजीनामा दिएका छन् । केहि दिन पहिला एमालेको पनि ओली पक्षका केहि नेता कार्यकर्ताले भट्टराईलाई रेल्वे कम्पनिबाट हटाउनु पर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…